२०८३, आश्विन ३० गते

images
  • समाचार
  • बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ तेस्रो वरीयतामा,...

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ तेस्रो वरीयतामा, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ तेस्रो वरीयतामा, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

images
शुक्रवार, चैत्र १३ २०८२०१:००
शुक्रवार, चैत्र १३ २०८२०१:००
  • images

    काठमाडौँ । नवनियुक्त १५ मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

    १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् ।

    आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए ।

    शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

    यी हुन नयाँ मन्त्री 

    प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

    मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

    विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

    खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

    विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह ९महोत्तरी०ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् ।

    सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend