२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • अदालतको आदेश नआउँदासम्म धनुषा–१ को मतपरिणाम...

अदालतको आदेश नआउँदासम्म धनुषा–१ को मतपरिणाम घोषणा नगर्न आयोगको निर्देशन

अदालतको आदेश नआउँदासम्म धनुषा–१ को मतपरिणाम घोषणा नगर्न आयोगको निर्देशन

images
आइतवार, फाल्गुण २४ २०८२०४:२१
आइतवार, फाल्गुण २४ २०८२०४:२१
  • images

    काठमाडौँ । निर्वाचन आयोगले अदालतको आदेश नआउँदासम्म मतपरिणाम घोषणा नगर्न निर्वाचन आयोगले सम्वन्धित निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । 

    उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै अन्तिम समयमा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । 

    तर मतदाताले उनकै चुनाव चिन्हमा भारी मत दिएपछि मतगणनामा समेत अन्योलता सिर्जना हुँदै आएको थियो । सम्वन्धित कार्यालयले आयोगमा आवश्यक निर्देशनका लागि आग्रह गरेअनुसार आज आयोगले मतपरिणाम तत्काल घोषणा नगर्न भनेको हो । 

    किशोरी साहको उम्मेदवारी सदर भएमा उनी नै रास्वपाबाट विजयी हुनेछन् । उनले आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालतमा निवेदन दिएका छन् । उक्त निवेदनमा अदालतको फैसला आउन बाँकी छ ।

    suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend