२०८३, आश्विन २३ गते

images

नगर क्षेत्रमा सहुलियत दरमा विद्युतीय बस सञ्चालन गर्दै इटहरी उपमहानगर

नगर क्षेत्रमा सहुलियत दरमा विद्युतीय बस सञ्चालन गर्दै इटहरी उपमहानगर

सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०७:४७
सीएनएन खबर
बुधवार, श्रावण २३ २०८१०७:४७
  • images

    काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । 

    नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे। 

    नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” 

    उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए । उनले भने,“बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।”

    नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend