२०८३, आश्विन २३ गते

images

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

मंगलवार, श्रावण २२ २०८१०५:३४
मंगलवार, श्रावण २२ २०८१०५:३४
  • images

    काठमाडौं ।  नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। साझेदारीसँगै नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटका सेवा उपयोग गर्न सक्नेछन्। मंगलबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे।

    सहकार्यसँगै नबिल बैंकका ग्राहकले एबीएनके मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नमस्ते पे वालेटमा सजिलै पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन्। 

    रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताले समझदारीबाट लाभ लिन सक्ने बताए। 

    नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको बताए।

    नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताले ई-सेवा, खल्ती र नमस्ते पे वालेटका सेवा पनि उपयोग गर्न सक्नेछन्।

    बैंकले २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend