२०८३, आश्विन २३ गते

images

मलाई धन आर्जन गर्नु छैनः प्रधानमन्त्री

मलाई धन आर्जन गर्नु छैनः प्रधानमन्त्री

मंगलवार, श्रावण २२ २०८१०५:२६
मंगलवार, श्रावण २२ २०८१०५:२६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार नसहेको पनि बताए ।

    मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएपछि ओलीले आफ्नो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुने कुरा भने बेग्लै भएको बताए । 

    ‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने, ‘राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’

    उनले अगाडि भने, ‘म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्तको अगाडि पनि  जवाफ दिन तयार छु  । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend