काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सबैभन्दा बढी कारोबारको रेकर्ड तोडिएको छ । मंगलबार नेपाली शेयर बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको हो ।
२३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा परिसूचकमा भने ठूलै पहिरो गएको छ । यसअघि २१ अर्ब ९१ करोडको कारोबारलाई मंगलबार २३ अर्ब ७१ करोड ६७ करोड रुपैयाँको कारोबारले तोडेको हो ।
यसअघि गत साउन १६ गते मात्रै शेयर बजारले ३ वर्षअघिको अधिकतम कारोबारको रेकर्ड तोडेको थियो । साउन १६ गते बजारमा २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार शेयर बजारमा ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्सेमा १४५ दशमल ०५ अंकले गिरावट आएको छ । प्रतिशतका हिसाबले यो ५ दशमलव १८ अंकको गिरावट हो ।

