२०८३, आश्विन २३ गते

images
  • समाचार
  • गुल्मीमा पहिरो : ४ जनाको मृत्यु,...

गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, २ घाइते

मंगलवार, श्रावण २२ २०८१०२:३३
मंगलवार, श्रावण २२ २०८१०२:३३
  • images

    काठमाडौं । गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।

    मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय गोरे विक र साढे दुई वर्षकी रियन्सा विक रहेका छन् भने घाइते हुनेमा ‍मुना विक र विष्णु विक रहेका छन्।

    घर माथिबाट खसेको लेदो सहितको पहिरोले दुई घर पुरिएका हुन्। पहिरोमा परी घाइते भएका दुवै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend