२०८३, आश्विन २३ गते

images

नेप्से २८ सय अंक नजिकः पौने २२ अर्बको कारोबार

नेप्से २८ सय अंक नजिकः पौने २२ अर्बको कारोबार

सोमवार, श्रावण २१ २०८१०४:३३
सोमवार, श्रावण २१ २०८१०४:३३
  • images

    काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । 
    नेप्से परिसूचक ४० दशमलव ७६ अंकले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।

    सोमबार तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक सोमबार सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने रातो देखिएको छ । आठवटा कम्पनीको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ ।

    रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

    नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने सोमबार नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend