२०८३, आश्विन २५ गते

images
  • राजनीति
  • रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन्...

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन् सुमना [सूचीसहित]

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, अटाइनन् सुमना [सूचीसहित]

बिहिवार, बैशाख ४ २०८२०७:४२
बिहिवार, बैशाख ४ २०८२०७:४२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ  । बिहीबार बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशमा इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 
    सात प्रदेशमध्ये रास्वपाले एक प्रदेशमा मात्र महिला इन्चार्ज खटाएको छ । हालै सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठ भने अटाएकी छैनन् । 
    झाका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियारलाई तोकिएको छ । मधेश प्रदेशमा मनिष झा,  बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल इन्चार्ज तोकिएका छन् ।
    यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल तोकिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend