२०८३, आश्विन २४ गते

images
  • समाचार
  • पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन...

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

शनिवार, आश्विन २४ २०८३०७:२२
शनिवार, आश्विन २४ २०८३०७:२२
  • images

    काठमाडौँ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल) को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । 

    विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

    विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

    सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend