२०८३, आश्विन २५ गते

images
  • समाचार
  • हुम्लामा वर्षासहितको बाढीः ११ वटा घर...

हुम्लामा वर्षासहितको बाढीः ११ वटा घर पसलमा क्षति

हुम्लामा वर्षासहितको बाढीः ११ वटा घर पसलमा क्षति

बिहिवार, बैशाख ४ २०८२१२:४०
बिहिवार, बैशाख ४ २०८२१२:४०
  • images

    काठमाडौँ । हुम्लामा पहिरोले पुरिएर २६ बाख्रा मरेका छन् । आज बिहान वर्षापछि गएको लेदोसहितको पहिरोले पुरिएर अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका २६ बाख्रा मरेका हुन् ।

    भेडिगोठभित्र पहिरो पसेपछि बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको छ ।

    आज बिहान एक्कासि परेको वर्षाका कारण पहिरो गएको हो । वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

    अविरल वर्षापछिको बाढीपहिरोले अदानचुलीमा ११ वटा पसल बगाएको छ । वर्षासँगै आएको लेदोसहितको पहिरोले अदानचुली–२ का अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको छ । 

    यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend