काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकार सञ्चालनका लागि गठित दुई दलीय संयन्त्रको बैठक बोलाउने समझदारी भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो । बैठक बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको छ ।
सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन् ।

