२०८३, आश्विन २५ गते

images

गगन थापा भन्छन्–सरकार ट्याक्टरको गतिमा छ

गगन थापा भन्छन्–सरकार ट्याक्टरको गतिमा छ

मंगलवार, बैशाख २ २०८२१२:५६
मंगलवार, बैशाख २ २०८२१२:५६
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् ।

    बौद्धिक पेसाकर्मी अभियान परिषद्ले नयाँ वर्षको अवसरमा मंगलबार काठमाडौँमा गरेको शुभकामना आदानप्रदानको कार्यक्रममा थापाले सरकारको गति ट्याक्टरकोजस्तो भएको टिप्पणी गरेका हुन् ।

    ‘हामीले गाली खान तयार भएर पनि शुरूबाटै जोतिएर काम गरेको हो । इकोनोमिक फ्रन्टमा काम गर्नुपर्छ भनेर धेरै कुरा बदल्नुपर्छ भनेर लागेका हौं,’ थापाले भने, ‘देशलाई कंकर्ड (रकेट)को गतिमा लानुपर्ने थियो तर, सरकार ट्याक्टरको गतिमा मात्रै छ ।’

    कांग्रेस एमालेको सरकारले संविधान संशोधन गर्ने, सुशासनमा व्यापक सुधार गर्ने र सरकारलाई प्रभावकारी बनाउने प्रण गरे पनि त्यो नभएको उनले बताए ।

    आफूले बाहिरै बसेर सरकारको गति बढाउन पहल गरे पनि नतिजा नआएको उनले बताए ।

    ‘सरकारमा बसेर मलाई भूमिका खेल्ने प्रस्ताव आएको थियो । तर सहभागी नभई बाहिर बसेर सफल बनाउनुपर्छ भनेर काम गरियो,’ थापाले भने, ‘व्यक्तिगतरूपमा जोखिम उठाउन तयार भए पनि सरकारको गति भएन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend