२०८३, आश्विन २५ गते

images
  • समाचार
  • बार निर्वाचन : मतपेटिका काठमाडौँ...

बार निर्वाचन : मतपेटिका काठमाडौँ ल्याइँदै, गणना सोमबारदेखि

बार निर्वाचन : मतपेटिका काठमाडौँ ल्याइँदै, गणना सोमबारदेखि

आइतवार, चैत्र २४ २०८१०१:२७
आइतवार, चैत्र २४ २०८१०१:२७
  • images

    काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको चुनावको मतगणना भोलि चैत २५ गते हुने भएको छ। सबै मतदान केन्द्रका मतपेटिका आज बेलुकासम्म काठमाडौँ ल्याइपुर्‍याइने भएकाले सोमबार थालिने भएको हो।

    देशभरका ३६ मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी छ । आज रातिसम्ममा सबै मतपेटिका काठमाडौँ आइपुग्ने र भोलि बाट मतगणना सुरु हुनेछ । बार चुनावमा ९ हजार ९५७ मतदाता रहेकामा ८० % मत खसेको छ। जसअनुसार काठमाडौँ उपत्यकामा ४ हजार ६४३ र उपत्यका बाहिर ३ हजार ३५२ गरी देशभर कूल ७ हजार ९९५ मत खसेको हो। 

    २५ सदस्यीय बार कार्यसमितिका लागि ५७ जना उम्मेदवार छन्। बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धा छन्। वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend