२०८३, आश्विन २५ गते

images
  • समाचार
  • सार्वजनिक बिदामा पनि खुला रहने यी...

सार्वजनिक बिदामा पनि खुला रहने यी हुन् ९ बैंक, कुन-कुन शाखाले दिदैँछन् सेवा

सार्वजनिक बिदामा पनि खुला रहने यी हुन् ९ बैंक, कुन-कुन शाखाले दिदैँछन् सेवा

आइतवार, चैत्र २४ २०८११०:३१
आइतवार, चैत्र २४ २०८११०:३१
  • images

    काठमाडौँ । सरकारले आइतबार अथात आज सार्वजनिक बिदा दिएको छ । सरकारले रामनवमीको अवसर पारेर सार्वजनिक बिदाको घोषणा गरेतापनि आज अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन् । 

    वाणिज्य बैंक तथा विकास बैंकहरूले एक सूचना जारी गर्दै ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय राखिएको जनाएका छन् । 

    जसअनुुसार एभरेष्ट बैंक, हिमालयन बैंक, सानीमा बैंक, एमएमबी बैंक, प्राइभ बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, लक्ष्मीसनराइज बैंक र महालक्ष्मी विकास बैंकले देशभर रहेका विभिन्न शाखा कार्यालय सञ्चालन हुने जनाएका छन् । 

    बैंकले सार्वजनिक गरेको सूचना अनुसार बिदानको दिन नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा मात्रै सञ्चालन हुनेछन् । 

    यद्यपि, सबै शाखा खुला नरहने भएकाले ग्राहकले बैंकको सूचना हेरेर नजिकको सेवा उपलब्ध शाखा पहिचान गर्नुपर्ने हुन्छ।

    प्राइम बैंकले विभिन्न ७ शाखा सञ्चालन गर्ने जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार कोशी प्रदेशका ८ शाखा, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको ५ शाखा, गण्डकी प्रदेशको बीपी चोक, लुुम्बिनी प्रदेशको ३ शाखा, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका १÷शाखा कार्यालय खुला हुनेछन् । 

    everest.jpg
    citizent bank.jpg
    gbl.jpg

     

    himalaya bank.jpg
    laxmi sunrise bank.jpg

     

    mahalaxmi.jpg
    nmb bank.jpg
    prime.jpg
    sanima bank.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend