२०८३, आश्विन २४ गते

images
  • राजनीति
  • जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेलाई...

जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेलाई आज भैरहा लगिंदै

जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेलाई आज भैरहा लगिंदै

शनिवार, चैत्र २३ २०८१०८:०३
शनिवार, चैत्र २३ २०८१०८:०३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ ।

    शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

    प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ ।

    संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend