काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरीले शुक्रबार राती ९ बजे बढानिलकण्ठस्थि घरबाटै लामिछानेलाई पक्राउ गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अहिले उनलाई रुपन्देही लगिँदै छ।
सहकारी ठगी प्रकरणः रविलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी
रविको स्टाट्सः अदालतको आदेशको सम्मान गर्दै अहिले नै गिरफ्तारी दिदैछु

