२०८३, आश्विन २४ गते

images
  • राजनीति
  • पक्राउ परे दुर्गा प्रसाईंका सहयोगी देवी...

पक्राउ परे दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला

पक्राउ परे दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला

सीएनएन खबर
सोमवार, चैत्र १८ २०८१०८:००
सीएनएन खबर
सोमवार, चैत्र १८ २०८१०८:००
  • images

    काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौलालाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा प्रहरीले सोमबार संग्रौलालाई पक्राउ गरेको हो। उनलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको स्रोतले बतायो।

    प्रहरीले तीनकुने घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ। प्रहरीले आइतबार मात्रै ४१ जनाविरूद्ध अनुसन्धान गर्न म्याद थप गरेको थियो।

    ११ जनाविरूद्ध प्रहरीले राज्यद्रोहको कसुरमा अनुसन्धान अघि बढाएको छ। त्यस्तै बाँकी ३० जना र ती ११ जना सहितलाई आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको हो।

    जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न आइतबार पाँच दिनको समय दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend