२०८३, आश्विन २४ गते

images

दुई दिन स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार ह्वात्तै बढ्यो

दुई दिन स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार ह्वात्तै बढ्यो

मंगलवार, फाल्गुण २० २०८११०:४२
मंगलवार, फाल्गुण २० २०८११०:४२
  • images

    काठमाडौँ । आइतबार र सोमबार दुबै दिन स्थिर रहेको सुनचाँदी दुबैको मूल्य मंगलबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो । 

    गत शुक्रबार सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । शुक्रबारदेखि एकैपटक मंगलबार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रुपैयाँ कायम भएको हो । 

    यस्तै, मंगलबार चाँदीको समेत मूल्य बढेको छ । तथ्यांक अनुसार मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend