२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३...

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट कामना सेवा विकास बैंक सम्मानित

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट कामना सेवा विकास बैंक सम्मानित

सीएनएन खबर
आइतवार, श्रावण ६ २०८११०:४८
सीएनएन खबर
आइतवार, श्रावण ६ २०८११०:४८
  • images

    काठमाडौँ । कामना सेवा विकास राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ । चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको हो । बैंकले बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको छ ।

    नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

    काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि माननिय अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।

    कामना सेवा विकास बैंक अन्र्तराष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा संजालहरु मार्फत् आफ्ना ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend