२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • डेडिकेटेड तथा ट्रङ्क लाइन विवादः प्राधिकरणले...

डेडिकेटेड तथा ट्रङ्क लाइन विवादः प्राधिकरणले उद्योगीलाई दियाो किस्ताबन्दीको अफर

डेडिकेटेड तथा ट्रङ्क लाइन विवादः प्राधिकरणले उद्योगीलाई दियाो किस्ताबन्दीको अफर

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०८:२१
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०८:२१
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई बक्यौता रकम भुक्तानीमा किस्ताबन्दीको अफर दिएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको हो । 

    उक्त सूचना अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

    किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । 

    suchana.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend