काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा दिदैँआएको ब्याजदर घटाएको हो ।
साउनका लागि बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।
बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । साथै बैंकले साधारण बचततर्फ समेत ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

