साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामै १३ सय रुपैयाँले बढेको हो ।
तथ्यांक अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, शुक्रबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । बिहीबार प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको छ ।

