२०८३, आश्विन २४ गते

images

अमेरिकी डलरको मूल्य उच्च, यस्तो छ अन्य विदेशी मुद्राको दररेट

अमेरिकी डलरको मूल्य उच्च, यस्तो छ अन्य विदेशी मुद्राको दररेट

सीएनएन खबर
शुक्रवार, माघ ४ २०८१०७:४६
सीएनएन खबर
शुक्रवार, माघ ४ २०८१०७:४६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। 

    त्यसैगरी आज कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य पनि बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा थियो। 

    गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८३ र बिक्रीदर ८६ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend