२०८३, आश्विन २४ गते

images

भैरहवामा फ्लाई दुबईले पुनः उडान थाल्यो

भैरहवामा फ्लाई दुबईले पुनः उडान थाल्यो

बिहिवार, माघ ३ २०८११०:१०
बिहिवार, माघ ३ २०८११०:१०
  • images

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा भिजिबिलिटी समस्याका कारण उडान रोकेको फ्लाई दुबईले १३ जनवरी (पुस २९) बाट उडान सुरु गरेको छ ।

    १५ डिसेम्बरदेखि उडान रोकेको फ्लाई दुबईले पुस २९ गतेदेखि दैनिक एउटा उडान सुरु गरेको नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।


    सूचना अधिकारी भूलले ३१ जनवरीबाट र १ फेब्रुअरीदेखि थाई एयर एसियाले उडान सुरु गर्ने निश्चित भएको जानकारी दिए । थाई एयर एसियाले साताको ३ फ्लाइट गर्ने जानकारी क्यानलाई दिएको छ ।

    त्रिभुवन विमानस्थल कात्तिक २३ गतेदेखि विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट उडान सुरु गरेका थिए ।

    भिजिबिलिटी र हुस्सुले समस्या गरेपछि समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली माघ १० गतेदेखि लागू गर्ने तयारी भइरहेको छ । आरएनपीएआर जडानपछि ९०० भिजिबिलिटी हुँदा पनि उडान/अवतरण गर्न मिल्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend