२०८३, आश्विन २४ गते

images

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से परिसूचक, फाइनान्स समूहमा पहिरो

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से परिसूचक, फाइनान्स समूहमा पहिरो

बिहिवार, माघ ३ २०८१०३:२६
बिहिवार, माघ ३ २०८१०३:२६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा झरेको छ ।

    बजार घटे पनि ८७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । तीन कम्पनीको सेयरमूल्य स्थिर छ ।

    बिहीबार पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड १७ लाख कित्ता सेयर ७० हजार पटकमा किनबेच भएको हो ।

    बोट्लर्स नेपाल ९बालाजु०, विन नेपाल लघुवित्त, मन्दकिनी हाइड्रो, अप्पर हेवाखोला हाइड्रो, एनआईसी एसिया बैंक उच्च कमाउने कम्पनीको शीर्ष स्थानमा रहे ।

    बजार घटे पनि बोट्लर्स नेपाल ९बालाजु० लिमिटेड, विन नेपाल लघुवित्त, मन्दकिनी हाइड्रो, अप्पर हेवाखोला हाइड्रोको सेयर सर्किट लेभलमा कारोबार भयो ।

    समूहगत उपसूचकतर्फ जलविद्युत्, उत्पादन, म्युचअल फन्ड, व्यापार र अन्य सूचक बढेको छ । बाँकी समूहको सेयरमूल्य घटेको छ । यसदिन सबैभन्दा बढी फाइनान्स समूहको सेयरमूल्य ५।१९ प्रतिशतले घटेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend