२०८३, आश्विन २४ गते

images
  • राजनीति
  • कांग्रेसले दियो मन्त्रीलाई ७ बुँदे निर्देशनः...

कांग्रेसले दियो मन्त्रीलाई ७ बुँदे निर्देशनः २ दिन भेटघाटदेखि पार्टी कार्यालयमा आएका गुनासो सम्बोधनसम्म

कांग्रेसले दियो मन्त्रीलाई ७ बुँदे निर्देशनः २ दिन भेटघाटदेखि पार्टी कार्यालयमा आएका गुनासो सम्बोधनसम्म

बिहिवार, माघ ३ २०८१०३:१०
बिहिवार, माघ ३ २०८१०३:१०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना मन्त्रीलाईहरु ७ बुँदे निर्देशन दिएको छ । पार्टी सभापतिको शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा संसदीय पदाधिकारीसहित राखेको बैठकमा मन्त्रीको ब्रिफिङपछि कांग्रेसले मन्त्रीहरूका लागि सातबुँदे निर्देशन जारी गरेको हो । 

    यस्तो छ सातबुँदे निर्देशन 

    १. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने  ।

    २. विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने ।

    ३. आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

    ४. चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

    ५. हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुने ।

    ६. सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने 

    ७. पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend