काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५ जनाको मुछा न्यायाधीश निजि राईको इजलासमा पेशी तोकिएको छ ।
लामिछानेसहित ३१ जनाविरुद्धको सहकारी ठगी मुद्दामा आजबाट अदालतमा बयान सुरु हुने भएको छ। पक्राउ परेका ५ जना प्रतिवादीलाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइनेछ।
यो मुद्दाको थुनछेक अगाडी बढाउन न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको छ। अब राईकै इजलासले रविसहितका प्रतिवादीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ। उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ।
बयानका लागि अदालतमा उपस्थित
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

