२०८३, आश्विन २३ गते

images

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

सोमवार, पौष ८ २०८१११:०३
सोमवार, पौष ८ २०८१११:०३
  • images

    काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।

    पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल पुर्‍याएका थिए। जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

    मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत रहेकी सुनितालाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो। साथै उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend