२०८३, आश्विन २३ गते

images

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

बिहिवार, कार्तिक १ २०८१०१:३७
बिहिवार, कार्तिक १ २०८१०१:३७
  • images

    काठमाडौं । दसैं लगतै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी छ।अघिल्लो दिनको भन्दा आज सुन तोलामा ६०० रुपैयाँले महंगिएको छ।बिहीबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार तोलामा १ हजार ३०० रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुन तोलामा १ हजार ४०० रुपैयाँ बढेर प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँ थियो।

    यस्तै, बुधबार तोलामा २५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९५० रुपैयाँ पुगेको चाँदी बिहीबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दा स्थानीय बजारमा यसको असर परिरहेको छ।

    बिहीवार सुनको भाउ बढ्दै प्रतिऔंस २६७९.५१ डलर पुगेको छ। बुधबार सुन प्रतिऔंस २६६६.४९ डलर थियो। चाँदी प्रतिऔंस ३१.६१ डलर छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend