२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक...

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या, सुरक्षित अवतरण

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या, सुरक्षित अवतरण

बिहिवार, कार्तिक १ २०८११२:५१
बिहिवार, कार्तिक १ २०८११२:५१
  • images

    काठमाडौं । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ। 

    अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ। ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएकोछ।

    बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन्। टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ। काठमाडौँबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend