२०८३, आश्विन २७ गते

images
  • समाचार
  • बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा पनि...

बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा पनि ठूलो पानी पर्ने सम्भावना

बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा पनि ठूलो पानी पर्ने सम्भावना

images
मंगलवार, कार्तिक ११ २०८२०५:०७
मंगलवार, कार्तिक ११ २०८२०५:०७
  • images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण नेपालमा पनि ठूलो पानी पर्न सक्ने जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति निकालेर 'मोन्था' को प्रभावले पर्सि बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने जानकारी गराएको हो । 'मोन्था' आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालमा प्रभाव पार्ने विभागको विज्ञप्तिमा उल्लेख छ ।

    प्रणालीको प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एक/दुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ ।

    विभागका अनुसार वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान छ । बागमती प्रदेशका काठमाण्डाै उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको विभागले जनाएको छ ।

    bangal.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend