२०८३, आश्विन २६ गते

images
  • समाचार
  • बनेपामा ७३० राउण्ड गोलीसहित ८ जना...

बनेपामा ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपामा ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

images
आइतवार, भाद्र २९ २०८२१२:०८
आइतवार, भाद्र २९ २०८२१२:०८
  • images

    काठमाडौं । बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend