२०८३, आश्विन २६ गते

images
  • राजनीति
  • कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा...

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

images
सोमवार, आश्विन २६ २०८३०२:३३
सोमवार, आश्विन २६ २०८३०२:३३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । 

    खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । 

    दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् । 

    तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ४९९ मत ल्याएका छन् । पाँचौँ स्थानका विकास कोइरालाले ३९४ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३५३ मत पाएका छन् । 

    सातौँ स्थानका रमेशप्रसाद धमलाले २८२ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २५७ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend