२०८३, आश्विन २६ गते

images
  • समाचार
  • रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार घोषणाअघि आकांक्षीहरू...

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार घोषणाअघि आकांक्षीहरू रविलाई भेट्न नख्खु पुगे

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार घोषणाअघि आकांक्षीहरू रविलाई भेट्न नख्खु पुगे

images
आइतवार, भाद्र १५ २०८२११:४७
आइतवार, भाद्र १५ २०८२११:४७
  • images

    काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षी नेताहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्र भैरहवा कारागारबाट नख्खु सारिएको थियो। रास्वपाले आजै सचिवालय बैठक बसेर उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। त्यसअघि आकांक्षीहरूले सभापतिलाई भेटेर आफ्ना विचार राखेका हुन्।

    रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले आवेदन दिएका छन्। तीमध्ये पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन्।

    उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ। यो निर्वाचन राप्रपाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको स्थान पूर्तिका लागि हुन लागेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend