काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेती मन्त्रालय तानिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनका लागि भन्दै मन्त्रालय तानेको हो ।
बोर्डमा रहका उनीमाथि घुस लिएको आरोप लागेको छ । डेनमार्कको अवैतानिक श्रम संयोजक बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानबिनका लागि मन्त्रालय तानेको हो ।
मन्त्रालयले उप्रेतीमाथि छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले उप्रेतीलाई स्पष्टीकरण लिएको छ । तत्कालका लागि बोर्डको जिम्मेवारी श्रम सहसचिव जीवनाथ भुसाललाई दिइएको छ ।
यस्तै, उनीमाथि स्वीस हेल्भटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा आफन्तलाई नियुक्त गर्न उनले आपरदर्शी ढंगले छनोट परीक्षा चलाएको आरोप समेत लागेको छ ।

