२०८३, आश्विन २८ गते

images
  • समाचार
  • गृहमन्त्री अर्यालले लिए रामेछाप बस दुर्घटनाका...

गृहमन्त्री अर्यालले लिए रामेछाप बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी

गृहमन्त्री अर्यालले लिए रामेछाप बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी

images
सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२०१:२१
सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२०१:२१
  • images

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाईतेलाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् । 

    रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरुको उद्धार गरेर अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । 

    सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने बताए । गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरु पनि अस्पताल पुगेका थिए ।

    छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पुजा सुनुवारको सघन उपचार कक्षा ९आइसीयू० मा उपचार भइरहेको छ । बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन् । घाइतेमध्ये चार महिला र तीन पुरुष छन् ।

    मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो । 

    दुर्घटनामा परी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै दुःखद् निधन भएको प्रहरीले जनाएको छ । उक्त बसमा ११ जना सवार रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend